काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले आज संसदीय दलको बैठक बोलाएको छ।
सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे पार्टीको धारणा र संसद्मा खेल्ने भूमिकामाथि छलफल हुने बताइएको छ।
सचेतक प्रकाशचन्द्र परियार का अनुसार आज बस्ने प्रतिनिधिसभा बैठकमा पार्टीको सम्बोधनबारे पनि निर्णय गरिनेछ।


