काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमित समूहले पुँजी बजारमा इन्साइडर ट्रेडिङ र बजार हेरफेर गरेर करिब १५–१६ अर्ब रुपैयाँ जनताको पैसा दुरुपयोग गरेको आरोप लगाएका छन्।
अर्थ समितिको बैठकमा बोल्दै उनले केही व्यक्तिले आर्थिक तथा राजनीतिक संस्थासमेत नियन्त्रणमा लिने प्रयास गरेको दाबी गरे।
सरकारले पुँजी बजारलाई पारदर्शी, व्यावसायिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुधार गर्ने लक्ष्य राखेको उनले बताए। साथै, पहिलो वर्ष सुशासन सुदृढ गर्ने र त्यसपछि विकासलाई तीव्र बनाउने सरकारको योजना रहेको पनि उल्लेख गरे।


