काठमाडौं । सांसद रीमा विश्वकर्माले आगामी बजेट विनियोजनमा दलित समुदायलाई विशेष प्राथमिकतामा राख्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दलित समुदायका मुद्दालाई नीतिगत र बजेटीय दुवै तहमा न्याय सुनिश्चित गर्नुपर्ने बताइन्।
उनले हिरासतभित्र हुने मृत्युका घटनालाई आत्महत्या भनेर मात्र निष्कर्ष निकाल्न नहुने भन्दै गम्भीर छानबिनको आवश्यकता औँल्याइन्।


