काठमाडौं । सांसद रेखा कुमारी यादवले सुकुम्बासी बस्तीमा राज्यले बिना तयारी डोजर चलाएको भन्दै आपत्ति जनाएकी छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गरिब र कमजोर नागरिकमाथि राज्यको व्यवहार संविधानविपरीत भएको आरोप लगाइन्।
उनले आवासको मौलिक हकको उल्लंघन गर्दै प्रिमनसुनको समयमा बस्ती हटाउँदा नागरिक बिचल्लीमा परेको टिप्पणी गरिन्।


