काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुकुम्वासी बस्ती हटाउने सरकारी शैली पञ्चायती शासनकालको झल्को दिने बताएका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले डोजर प्रयोग गरी गरिब तथा सुकुम्वासीमाथि कठोर व्यवहार गरेको भन्दै आपत्ति जनाए।
प्रचण्डका अनुसार नीति तथा कार्यक्रममा पनि दलित, आदिवासी जनजाति, महिला, मधेसी र पिछडिएको समुदायको विषय उपेक्षित छ। उनले गरिबलाई विकासको बाधक ठान्ने सोच गलत भएको उल्लेख गर्दै उनीहरूको उचित व्यवस्थापनमार्फत मात्र विकास सम्भव हुने बताए।
उनले संविधानले सुनिश्चित गरेको आवासको अधिकारलाई सम्मान गर्दै सुकुम्वासी समस्या समाधान गर्न सरकारलाई आग्रह समेत गरे।


