काठमाडौँ — **राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)**ले मधेश प्रदेशको रिक्त प्रदेशसभा सदस्य पदमा महोत्तरीकी सरिताकुमारी ठाकुरलाई सिफारिस गरेको छ।
यसअघि अनुशासन उल्लङ्घन गरेको आरोपमा सांसद कञ्चन विच्छा पदमुक्त भएकी थिइन्। ठाकुरलाई सोही क्लस्टरको समानुपातिक सूचीको दोस्रो नम्बरका आधारमा सिफारिस गरिएको हो। निर्वाचन आयोगले उनलाई बुधबार प्रमाणपत्र प्रदान गर्नेछ।


