Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > न्यायाधीशमाथि सम्पत्ति छानबिनको अधिकारविरुद्ध सर्वोच्चमा रिट

न्यायाधीशमाथि सम्पत्ति छानबिनको अधिकारविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । बहालवाला न्यायाधीशलाई सम्पत्ति छानबिन आयोगको दायरामा राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

अधिवक्ता डा. प्रेमराज सिलवालले आयोगको कार्यादेश संविधानविपरीत रहेको दाबी गर्दै रिट दायर गरेका हुन्। उक्त रिटमाथि बुधबार सुनुवाइ हुने तय भएको छ।

रिटमा न्यायाधीशमाथि महाभियोगपछि मात्र छानबिन हुन सक्ने संवैधानिक व्यवस्था उल्लंघन गरिएको जिकिर गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *