Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सीमा नाकामा कडाइ, उच्च सतर्कता अपनाइयो

सीमा नाकामा कडाइ, उच्च सतर्कता अपनाइयो

विराटनगर । भारतको पश्चिम बंगालमा राजनीतिक परिवर्तनपछि नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ।

मोरङको रानी नाकासहित सबै सीमावर्ती क्षेत्रमा नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य गरिएको छ।

विनोद घिमिरे का अनुसार रोहिंग्या शरणार्थी लगायत अवैध प्रवेशको आशंकामा संयुक्त सुरक्षा टोली परिचालन गरिएको छ।

त्यस्तै, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल ले सीमा क्षेत्रमा अवाञ्छित गतिविधि नियन्त्रणका लागि कडाइ गरिएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *