एजेन्सी । इरानसँग जारी तनाव र सैन्य कारबाहीमा अमेरिकाले अहिलेसम्म करिब २९ अर्ब डलर खर्च गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।
यसअघि अनुमान गरिएको २५ अर्ब डलरभन्दा खर्च झन्डै ४ अर्ब डलर बढी भएको विवरण संसद्को बजेट सुनुवाइका क्रममा सार्वजनिक गरिएको हो।
रक्षा मन्त्रालयका अनुसार बढ्दो सैन्य गतिविधि र पुनः मूल्यांकनपछि कुल खर्च २९ अर्ब डलर नजिक पुगेको हो।


