Friday, June 05, 2026
Home > विराटनगर समाचार > कोशी अस्पतालमा प्रशासनको छड्के, १३७ कर्मचारी अनुपस्थित

कोशी अस्पतालमा प्रशासनको छड्के, १३७ कर्मचारी अनुपस्थित

विराटनगर । सरकारी सेवाभन्दा निजी क्लिनिकमा बढी ध्यान दिएको गुनासोपछि जिल्ला प्रशासन कार्यालय मोरङले कोशी अस्पतालमा छड्के अनुगमन गरेको छ।

अनुगमनका क्रममा ७ सयभन्दा बढी कर्मचारीमध्ये १३७ जना अनुपस्थित भेटिएका छन् भने हाजिरी गरेका केही चिकित्सक पनि कार्यकक्षमा नरहेको पाइएको छ। अस्पताल प्रशासनले उनीहरूको अवस्थाबारे स्पष्ट जानकारी दिन सकेन।

सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले अस्पतालको प्रशासनिक अवस्था “लथालिङ्ग” रहेको टिप्पणी गर्दै थप छानबिन र कारबाहीको चेतावनी दिएका छन्।

यता मेडिकल सुपरिटेन्डेन्ट डा. राम नारायण चौधरीले भने अस्पतालमा सुधार भइरहेको दाबी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *