विराटनगर । यस वर्षको एसईई परीक्षामा मोरङबाट ७९ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन्।
शिक्षा विकास तथा समन्वय इकाई मोरङका अनुसार जिल्लाका १८ हजार ७५ परीक्षार्थीमध्ये ४ हजार ६ सय ५० जनाको नतिजा ‘एनजी’ आएको छ।
गत वर्ष मोरङमा १८ जनाले मात्रै ४ जीपीए ल्याएका थिए। यस पटक उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको संख्या उल्लेख्य रूपमा बढेको छ।


