Friday, June 05, 2026
Home > आर्थिक समाचार > सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर तीन लाख दुई हजार ५ सय रुपैयाँ पुगेको छ। त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढ्दै ५ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिनको तुलनामा दुवै धातुको मूल्यमा वृद्धि देखिए पनि बजारमा कारोबार सामान्य रहेको व्यवसायीहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *