Friday, June 05, 2026
Home > आर्थिक समाचार > सेयर बजारमा पहिरो: ७१ अंकले घट्यो नेप्से

सेयर बजारमा पहिरो: ७१ अंकले घट्यो नेप्से

काठमाडौँ – बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन नै सेयर बजारमा ठूलो गिरावट आएको छ। आइतबार नेप्से सूचक ७१ अंकले घटेर २८७९ विन्दुमा ओर्लिएको छ।

बजार घटे पनि कारोबार रकम भने बढेको छ। आज १५ अर्ब ३ करोड रुपैयाँको सेयर किनबेच भयो, जुन अघिल्लो बिहीबारको तुलनामा झण्डै २ अर्ब बढी हो।

बजारमा २९५० विन्दुबाट ओरालो लाग्ने क्रममा २५६ कम्पनीको मूल्य घट्दा केही हाइड्रोपावर र होटलसहित जम्मा ९ कम्पनीको मूल्य मात्र बढेको छ।

नयाँ सरकार बनेपछि उत्साह आउने अपेक्षा गरिए पनि पछिल्लो समयका धरपकड र आन्दोलनले लगानीकर्ताको मनोबलमा नकारात्मक प्रभाव पारेको विश्लेषण गरिएको छ।

गत साता बजार ७३ अंकले बढेकाले लगानीकर्ताहरूले नयाँ सरकार बनेको मौका पारेर नाफा सुरक्षित गर्न सेयर बिक्री गर्दा चाप बढेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *