Friday, June 05, 2026
Home > विराटनगर समाचार > मूल्यवृद्धिविरुद्ध मोरङ प्रशासनअगाडि निर्माण व्यवसायीको धर्ना

मूल्यवृद्धिविरुद्ध मोरङ प्रशासनअगाडि निर्माण व्यवसायीको धर्ना

विराटनगर । निर्माण सामग्री र इन्धनको चर्को मूल्यवृद्धिको विरोधमा निर्माण व्यवसायीहरूले मोरङ जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका छन्।

निर्माण व्यवसायी संघ मोरङले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै मूल्य समायोजनको माग गरेको छ। व्यवसायीहरूले आधा घण्टा धर्ना दिँदै सरकारको बेवास्ताका कारण निर्माण क्षेत्र संकटमा परेको बताएका छन्।

व्यवसायीका अनुसार डिजेल, बिटुमिनलगायत सामग्रीको मूल्य अत्यधिक बढ्दा ठेक्का अनुसार काम गर्न नसक्ने अवस्था आएको छ। उनीहरूले तत्काल मूल्य समायोजन, म्याद थप र कालोसूची तथा बैंक ग्यारेन्टीसम्बन्धी कारबाही रोक्न माग गरेका छन्।

माग सम्बोधन नभए देशभर निर्माण कार्य ठप्प हुने चेतावनीसमेत व्यवसायीहरूले दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *