Friday, June 05, 2026
Home > स्थानीय समाचार > ताप्लेजुङको हाफाबुङमा आगलागी, तीनतले घर जलेर नष्ट

ताप्लेजुङको हाफाबुङमा आगलागी, तीनतले घर जलेर नष्ट

ताप्लेजुङ । मैवाखोला गाउँपालिका–६ हाफाबुङमा आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ।

स्थानीय रामकुमार लिम्बूको तीनतले काठ–ढुंगा र टिनको घरमा बिहीबार बिहान आगलागी भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार ६ वर्षीया बालिकाले लाइटर खेलाउँदा आगो सल्किएको हो।

आगलागीबाट करिब १६ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। घटनामा मानवीय वा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ। आगो प्रहरी, सेना र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *