काठमाडौं । राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्री बालेन शाह संसद्प्रति अनुत्तरदायी बनेको आरोप लगाएकी छन्।
प्रतिनिधिसभा बैठकमा बिहीबार बोल्दै उनले प्रधानमन्त्रीले सदनमा उठेका विषयको जवाफ सामाजिक सञ्जालमार्फत दिने गरेको भन्दै संसदीय अभ्यास कमजोर बनिरहेको टिप्पणी गरिन्।
ओलीले प्रधानमन्त्रीको न्यून उपस्थिति र नीति तथा कार्यक्रम छलफलमा समेत सहभागिता नदेखिएको उल्लेख गर्दै सदनमै उपस्थित भएर जवाफदेही बन्नुपर्नेमा जोड दिइन्।


