काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेश सरकारहरूमा रहेको वर्तमान गठबन्धन कायम राख्ने र सरकारले ल्याएका अध्यादेशको संयुक्त रूपमा प्रतिवाद गर्ने सहमति गरेका छन्।
दुई दलका शीर्ष नेताबीच भएको छलफलपछि सडक र सदन दुवै ठाउँमा एकैसाथ अघि बढ्ने समझदारी बनेको हो। आवश्यक परे केही प्रदेशमा नेतृत्व फेरबदल भए पनि केन्द्र र प्रदेश नेतृत्वको सहमतिमै निर्णय गर्ने सहमति गरिएको छ।
त्यस्तै, संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसहितका केही अध्यादेश खारेज गर्न दुवै दलले एकै कित्तामा उभिने भएका छन्। प्रदेश सरकार स्थिरता कायम राख्दै अध्यादेशविरुद्ध संयुक्त राजनीतिक मोर्चा बनाउने सहमति बनेको बताइएको छ।


