Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > भारतले चिनी निर्यातमा लगायो पूर्ण रोक

भारतले चिनी निर्यातमा लगायो पूर्ण रोक

एजेन्सी । भारत सरकारले सबै प्रकारका चिनीको निर्यातमा आगामी ३० सेप्टेम्बर २०२६ सम्म प्रतिबन्ध लगाएको छ।

विदेश व्यापार महानिर्देशनालयका अनुसार कच्चा, सेतो तथा प्रशोधित चिनीलाई ‘निषेधित’ सूचीमा राख्दै निर्यात रोकिएको हो।

आन्तरिक बजारमा आपूर्ति सहज बनाउन र मूल्यवृद्धि नियन्त्रण गर्न यस्तो निर्णय गरिएको भारत सरकारले जनाएको छ। भारत विश्वकै प्रमुख चिनी निर्यातकर्तामध्ये एक भएकाले यस निर्णयको असर दक्षिण एसियाली बजारमा पनि पर्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *