Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > जेनजी अगुवाद्वारा संविधान संशोधन छलफल बहिष्कार, माग पूरा नभएसम्म सहभागी नहुने अडान

जेनजी अगुवाद्वारा संविधान संशोधन छलफल बहिष्कार, माग पूरा नभएसम्म सहभागी नहुने अडान

काठमाडौं । जेनजी आन्दोलनका अगुवाहरूले सरकारले आह्वान गरेको संविधान संशोधनसम्बन्धी छलफल बहिष्कार गरेका छन्।

उनीहरूले विगतका सम्झौताहरू कार्यान्वयन नभएको, पक्राउ परेकाहरू अझै रिहा नभएको तथा आयोगका प्रतिवेदनहरू सार्वजनिक नगरिएको भन्दै छलफलमा सहभागी नहुने घोषणा गरेका हुन्।

संयुक्त वक्तव्य जारी गर्दै अमृता वन, रक्षा बम, रुक्शना कपाली, विप्लवी न्यौपानेसहित २५ जना आन्दोलनकारीले सरकारको कार्यशैली ‘एकलौटी र अपारदर्शी’ भएको आरोप लगाएका छन्।

उनीहरूले ६ बुँदे माग पूरा नभएसम्म संविधान संशोधनसम्बन्धी कुनै पनि छलफलमा सहभागी नहुने स्पष्ट पारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *