जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबारका लागि तय गरिएको विश्वासको मत लिने कार्यक्रम अन्तिम समयमा स्थगित गरेका छन्।
सत्ता गठबन्धन र आफ्नै दलभित्र देखिएको असन्तुष्टि तथा फ्लोर क्रसको जोखिमका कारण उनले विश्वासको मत लिनबाट पछि हटेको जनाइएको छ।
नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले मुख्यमन्त्रीले अब जेठ ८ गते विश्वासको मत लिने जानकारी दिएका छन्।
जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि उत्पन्न राजनीतिक अस्थिरताबीच प्रदेशसभाको बैठक भने अन्य कार्यसूचीमा अघि बढ्ने बताइएको छ।


