काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्राउ परेपछि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले गम्भीर आपत्ति जनाएको छ।
सिबिफिनले बैंकहरूले कर्जा प्रवाह, असुली र धितो लिलामी कानुन र राष्ट्र बैंकको निर्देशनअनुसार गर्दै आएको भन्दै यस्ता निर्णयलाई आपराधिक रूपमा नहेर्न चेतावनी दिएको छ।
संस्थाले बिना पर्याप्त अनुसन्धान बैंकिङ पेशाकर्मीलाई नियन्त्रणमा लिने कार्यले समग्र वित्तीय क्षेत्र ‘त्रसित र भयभित’ भएको दाबी गरेको छ।
सिबिफिनले यस्ता घटनाले बैंकिङ प्रणाली, निक्षेपकर्ताको विश्वास र अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने भन्दै राज्यलाई संवेदनशील हुन आग्रह गरेको छ।


