Friday, June 05, 2026
Home > स्थानीय समाचार > सप्तरीको छोटी भन्सार जग्गा खाली गर्न ७ दिनको अल्टिमेटम

सप्तरीको छोटी भन्सार जग्गा खाली गर्न ७ दिनको अल्टिमेटम

सप्तरी । बोदेबरसाईन नगरपालिका–९ स्वर्णपट्टीस्थित छोटी भन्सार कार्यालयको अतिक्रमित जग्गा खाली गर्न वडा कार्यालयले ७ दिनको समय दिएको छ।

वडा कार्यालयले सार्वजनिक सूचनामार्फत उक्त जग्गामा बनेका संरचना हटाउन निर्देशन दिएको हो। समयमै खाली नगरे क्षतिपूर्ति तिर्नुपर्ने चेतावनी पनि दिइएको छ।

वडा अध्यक्ष तपसी यादवद्वारा जारी सूचनामा अतिक्रमण हटाउने प्रक्रिया तत्काल सुरु गर्न भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *