विराटनगर । महालेखा परीक्षकको प्रतिवेदनले श्रीलङ्कामा रहेको नेपाल सरकारको जग्गाको एक हिस्सा निजी व्यक्तिको नाममा पुगेको खुलासा गरेको छ।
नेपाल सरकारले सन् १९८९ मा राजदूतावास निर्माणका लागि कोलम्बोस्थित राजगिरियामा खरिद गरेको डेढ एकड जग्गामध्ये एक एकड जग्गा केही वर्षमै निजी व्यक्तिलाई बिक्री भएको पाइएको हो।
प्रतिवेदन अनुसार जग्गाको लालपुर्जा समेत नेपाल सरकारले हालसम्म प्राप्त गर्न सकेको छैन। हाल उक्त जग्गाको मूल्य करिब ८७ करोड रुपैयाँ बराबर पुगेको बताइएको छ।
महालेखाले जग्गा तत्काल सरकारको स्वामित्वमा फिर्ता ल्याई संरक्षण र उपयोग सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ।


