कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी आईसीसी लिग–२ खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अमेरिकाविरुद्ध शानदार अर्धशतक प्रहार गरेका छन्।
भुर्तेलले ४५ बलमा ५० रन पूरा गर्दै आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय करियरको १०औँ अर्धशतक पूरा गरेका हुन्। उनले सात चौका र दुई छक्का प्रहार गर्दै आक्रामक ब्याटिङ प्रदर्शन गरे।
नेपालले १९६ रनको लक्ष्य पछ्याउँदै राम्रो सुरुआत गरेको छ, जहाँ अर्का ओपनर आशिफ शेख पनि क्रिजमा साथ दिइरहेका छन्।


