काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने २ हजार २९ चालक ट्राफिक कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा ४ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको ट्राफिक प्रहरीले जनाएको छ।
मादक पदार्थ सेवन गर्ने ५९, अवैध राइड सेयरिङ गर्ने ११९, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १३२ र तीव्र गतिमा सवारी चलाउने २०८ चालकलाई कारबाही गरिएको हो।
त्यस्तै लेन मिच्ने, अनावश्यक हर्न बजाउने, फुटपाथमा पार्किङ गर्ने र एकतर्फी सडकमा सवारी चलाउनेसहित अन्य नियम उल्लङ्घन गर्ने १ हजारभन्दा बढी चालक पनि कारबाहीमा परेका छन्।


