नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ८०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य २ लाख ९४ हजार ८०० रुपैयाँ पुगेको छ।
अघिल्लो दिनको तुलनामा चाँदी भने तोलामा २० रुपैयाँले घटेर ५ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ।


