प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज शर्माले न्यायपालिकालाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउने कार्ययोजना प्रस्तुत गरेका छन्।
उनले योग्यताका आधारमा न्यायाधीश नियुक्ति, संवैधानिक इजलासलाई प्रभावकारी सञ्चालन र पुराना मुद्दा घटाउने प्रतिबद्धता जनाएका छन्।
“अदालतले फैसला मात्र होइन, न्यायिक प्रक्रियामा स्वच्छता र विश्वास पनि कायम गर्नुपर्छ,” उनले बताएका छन्।


