विराटनगर । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालका जुस, बिस्कुट, चकलेट तथा कन्फेक्सनरी उद्योगहरू प्रभावित हुने चिन्ता बढेको छ।
उद्योगीहरूले हाल मौज्दात चिनी भए पनि प्रतिबन्ध लामो समय रहे बजारमा अभाव सिर्जना हुन सक्ने बताएका छन्। उनीहरूले संकट टार्न सरकारले तेस्रो मुलुकबाट चिनी आयात सहज बनाउनुपर्ने माग गरेका छन्।


