कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थित चण्टुकुण्डा ताल क्षेत्रको अतिक्रमण हटाउने प्रक्रिया सुरु गरिएको छ। नगरपालिकाले सात दिनभित्र सार्वजनिक ताल क्षेत्र खाली गर्न सूचना जारी गरेको हो।
स्थलगत निरीक्षणपछि ताल सार्वजनिक सम्पत्तिका रूपमा रहेको पुष्टि भएपछि अतिक्रमण हटाउने अभियान अघि बढाइएको नगरपालिकाले जनाएको छ।


