नेपालगन्ज – अधिकारकर्मी रुबी खानले गृह मन्त्रालयसँग ५ बुँदे सहमति भएपछि २३औँ दिनमा अनशन तोडेकी छन्। सहमतिअनुसार निर्मला कुर्मी प्रकरणको अनुसन्धानलाई न्यायिक प्रक्रियामा अघि बढाइने, सम्बन्धित प्रहरीमाथि छानबिन गरिने र रुबी खानसहित महिला अधिकारकर्मीलाई सुरक्षा उपलब्ध गराइने भएको छ।
वार्ताका लागि गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, एआइजी सुशीलसिंह राठौर तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहाल नेपालगन्ज पुगेका थिए।


