काठमाडौँ – आईसीसीको पछिल्लो एकदिवसीय वरीयतामा नेपाली क्रिकेट खेलाडीहरूले उल्लेख्य सुधार गरेका छन्। ब्याटिङतर्फ आसिफ शेख ८७औँ र कुशल भुर्तेल १००औँ स्थानमा पुगेका छन्।
बलिङतर्फ सन्दीप लामिछाने ३७औँ, ललित राजवंशी ५४औँ तथा दीपेन्द्रसिंह ऐरी ७९औँ स्थानमा उक्लिएका छन्। अलराउन्डरतर्फ दीपेन्द्र २५औँ स्थानमा पुगेका छन्।


