काठमाडौँ – वीरेन्द्रनगर नगरपालिकाले महिलामाथि दुर्व्यवहार गरेको आरोप लागेका नगर प्रहरीमाथि कारबाही गर्ने जनाएको छ। डाले डोकोमा काफल बेच्दै हिँडेकी महिलामाथि दुर्व्यवहार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
घटना वीरेन्द्रनगरको सिटी बसपार्क नजिक मङ्गलबार साँझ भएको बताइएको छ।


