चितवन – दूध बिक्री सहज भए पनि समयमै भुक्तानी नपाउँदा चितवनका दुग्ध किसान समस्यामा परेका छन्। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अनुसार डिडिसी र अन्य उद्योगीसँग करिब ५५ करोड रुपैयाँ भुक्तानी बाँकी छ।
सङ्घका अध्यक्ष किशोर बगालेले चार महिनाभन्दा बढी समयदेखि रकम नपाउँदा किसानको दैनिक जीवन प्रभावित भएको बताएका छन्। जिल्लामा दैनिक साढे तीन लाख लिटर दूध उत्पादन हुँदै आएको छ।


