रास्वपा सांसद केपी खनालले हुम्ला र बाजुरा जिल्लाबीचको सीमा विवाद तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले रानीसैन क्षेत्रको विवादले स्थानीयको सुरक्षा र विकासमा असर परेको बताए । उनले सीमा क्षेत्रमा अवैध तस्करी र स्थानीय जनप्रतिनिधिमाथि दुव्र्यवहारको घटनाप्रति पनि गम्भीर ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।


