नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा ले सरकारको मिडियाप्रतिको रवैयाविरुद्ध आन्दोलनमा उत्रिन पत्रकारहरूलाई आह्वान गरेकी छन् । विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारी विज्ञापन वितरण नीतिप्रति असन्तुष्टि जनाउँदै सरकार लोकतन्त्र र सञ्चार क्षेत्रमाथि दबाब सिर्जना गर्न खोजिरहेको आरोप लगाइन् ।


