समस्याग्रस्त गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको निर्णयअनुसार नाम सार्वजनिक गरिएको हो।
समितिले ऋण नतिरेकाहरूलाई शीघ्र भुक्तानी गर्न निर्देशन दिँदै अन्यथा कानुनी कारबाही अघि बढाइने चेतावनी दिएको छ। ऋण तिरिसकेकाहरूलाई प्रमाणसहित सम्पर्क गर्न पनि आग्रह गरिएको छ।


