Friday, June 05, 2026
Home > खेलकुद समाचार > एसियन गेम्स क्वालिफायर्सका लागि दीपेन्द्र ऐरीको कप्तानीमा नेपाली टोली घोषणा

एसियन गेम्स क्वालिफायर्सका लागि दीपेन्द्र ऐरीको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं । सिंगापुरमा हुने एसियन गेम्स क्वालिफायर्सका लागि नेपालले १४ सदस्यीय क्रिकेट टोली घोषणा गरेको छ। टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने भएका छन्।

मुख्य प्रशिक्षक स्टुअर्ट लले घोषणा गरेको टोलीमा कुशल मल्ल, सन्दीप जोरा, शेर मल्ल र शाहब आलमको पुनरागमन भएको छ। यसपटक गुल्सन झा, ललितनारायण राजवंशी र इशान पाण्डे टोलीमा परेनन्।

नेपाल समूह ‘ए’ मा मलेसिया, कतार र चीनसँग रहेको छ। नेपालले पहिलो खेल मे ३१ मा चीनसँग खेल्नेछ। शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् र त्यसपछि एसियन गेम्सका लागि छनोट हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *