Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सुर्ती र मदिराको कर स्वास्थ्य बिमामा खर्च गर्ने तयारी

सुर्ती र मदिराको कर स्वास्थ्य बिमामा खर्च गर्ने तयारी

काठमाडौं । सरकारले सुर्तीजन्य पदार्थ र मदिराबाट उठ्ने कर सिधै स्वास्थ्य बिमा कोषमा लगाउने तयारी गरेको छ।

रास्वपाकी सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो बनाउन ‘सिन्ट्याक्स’ मोडलमा काम भइरहेको जानकारी दिइन्। उनका अनुसार सुर्ती, मदिरा र अस्वस्थकर खाद्य पदार्थबाट उठ्ने कर स्वास्थ्य बिमामा खर्च गर्ने योजना बनाइएको हो।

सरकारले आगामी बजेटमार्फत स्वास्थ्य बिमाको नयाँ संरचना ल्याउने तयारी गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *