Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > लागुऔषधविरुद्ध ‘सामूहिक अभियान’ आवश्यक : प्रहरी महानिरीक्षक कार्की

लागुऔषधविरुद्ध ‘सामूहिक अभियान’ आवश्यक : प्रहरी महानिरीक्षक कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्की ले लागुऔषध दुर्व्यसनले व्यक्ति, परिवार र राष्ट्रिय अर्थतन्त्रलाई गम्भीर असर पुर्‍याइरहेको बताएका छन्। विराटनगरमा आयोजित ‘लागुऔषधविरुद्धको महाअभियान–२०८३’ कार्यक्रममा उनले यसको नियन्त्रणका लागि प्रहरी कारबाही मात्र पर्याप्त नभएको उल्लेख गर्दै सामूहिक अभियान आवश्यक रहेको बताए।

उनले युवालाई लागुऔषधबाट जोगाउन ‘४–आर’ (रिफ्युज, रिपोर्ट, रिएसयोर र राइट ट्र्याक) सूत्र अपनाउन आग्रह गरेका छन्। कार्यक्रममा सचेतनामूलक र्‍यालीसहित लागुऔषध नियन्त्रणमा सबैको सहभागिता आवश्यक रहेकोमा जोड दिइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *