विराटनगर । नेपाली कांग्रेस मोरङले पार्टी संगठनलाई चुस्त र सक्रिय बनाउने उद्देश्यले विभिन्न क्षेत्रहरूमा सदस्यता अद्यावधिक समिति गठन गरेको छ।
केन्द्रीय निर्देशनअनुसार क्षेत्र नं. २, ३, ४, ५ र ६ मा समिति गठन गरिएको हो र कार्य सम्पन्न गर्ने समयसीमा जेठ २१ गतेसम्म तोकिएको छ।
पार्टीका अनुसार स्थानीय कार्यकर्तासँगको परामर्श र केन्द्रीय मापदण्डका आधारमा समितिहरू गठन गरिएको हो। समितिहरूलाई सदस्यता अद्यावधिक र संगठन सुदृढीकरणको जिम्मेवारी दिइएको छ।


