विराटनगर । नेकपा एमालेले वर्तमान सरकारको कार्यशैली लोकतन्त्रविरोधी भएको आरोप लगाउँदै देशभर ‘भण्डाफोर अभियान’ चलाउने घोषणा गरेको छ।
एमाले सचिवालय बैठकपछि उपमहासचिव लेखराज भट्टले सरकार स्वेच्छाचारी ढंगले अघि बढेको भन्दै सडक र सदनबाट सशक्त विरोध गरिने बताएका हुन्। एमालेले सरकारमाथि अध्यादेश दुरुपयोग, न्यायपालिकामा हस्तक्षेप, महँगी नियन्त्रणमा असफलता लगायतका आरोप लगाएको छ।


