काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गणतन्त्र दिवस समारोहमा सम्बोधन नगर्ने भएका छन्। उनले जेठ १५ गते हुने कार्यक्रममा सम्बोधन गरिदिन राष्ट्रपति रामचन्द्र पौडेललाई पत्राचार गरेका छन्।
यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहे पनि यसपटक राष्ट्रपतिलाई सम्बोधनका लागि आग्रह गरिएको हो। प्रधानमन्त्री बालेनले हालसम्म संसद् र सार्वजनिक कार्यक्रममा पनि औपचारिक सम्बोधन नगरेको विषय चर्चामा रहेको छ।


