काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा पेसी प्रणाली हटाउने प्रयास भए आन्दोलन गर्ने चेतावनी दिएको छ।
बार अध्यक्ष विजयप्रसाद मिश्रले गोलाप्रथाले न्यायिक प्रक्रियालाई पारदर्शी बनाएको भन्दै त्यसलाई हटाउने कुनै पनि कदम स्वीकार्य नहुने बताएका छन्। उनले न्यायपालिकाको स्वतन्त्रता कमजोर पार्ने प्रयासविरुद्ध कानुन व्यवसायीहरू आन्दोलनमा उत्रिने स्पष्ट पारे।


