Friday, June 05, 2026
Home > विराटनगर समाचार > बाढीपहिरोपीडितलाई तत्काल राहत उपलब्ध गराउने कोसी सरकारको निर्णय

बाढीपहिरोपीडितलाई तत्काल राहत उपलब्ध गराउने कोसी सरकारको निर्णय

विराटनगर । कोसी प्रदेश सरकारले मनसुनजन्य विपद् प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन आकस्मिक कोषसहित नयाँ कार्यविधि लागू गरेको छ।

पाँचथर, ताप्लेजुङ र संखुवासभामा बाढीपहिरोबाट क्षति भएपछि सरकारले खोज, उद्धार र राहतका लागि तयारी तीव्र बनाएको जनाएको छ। कार्यविधिअनुसार विपद्मा मृत्यु हुनेका परिवारलाई राहत रकम तथा घर क्षति भएकालाई नगद सहायता उपलब्ध गराइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *