एजेन्सी । अमेरिका–इरानबीच सम्भावित शान्ति सम्झौताको आशाका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ।
ब्रेन्ट क्रुड तेल करिब ५.५ प्रतिशतले घटेर प्रति ब्यारेल झण्डै ९७ अमेरिकी डलर आसपास पुगेको छ। इरान–इजरायल तनाव कम हुने अपेक्षाले लगानीकर्तामा सकारात्मक प्रभाव परेको बताइएको छ।
यसैबीच, एशियाली सेयर बजारमा वृद्धि देखिएको छ भने जापानको निक्केई २२५ सूचकाङ्क पहिलो पटक ६५ हजार विन्दुभन्दा माथि पुगेको छ।
विश्लेषकहरूका अनुसार होर्मुज जलमार्ग पुनः खुल्ने सम्भावनासहितको शान्ति वार्ताले ऊर्जा बजारमा उतारचढाव घटाउने अपेक्षा गरिएको छ।


