काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनसम्बन्धी प्रतिवेदन आज सार्वजनिक गर्ने भएको छ।
आयोगले प्रधानमन्त्री बालेन शाहलाई प्रतिवेदन बुझाएपछि वेबसाइटमार्फत सार्वजनिक गर्ने जनाएको छ। करिब नौ महिनापछि सार्वजनिक हुन लागेको उक्त प्रतिवेदनमा आन्दोलनका क्रममा भएको दमन, मानव अधिकार हनन तथा भदौ २४ को आगजनी, लुटपाट र तोडफोडका घटनाबारे निष्कर्ष समेटिएको बताइएको छ।


