Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > पशुपति शवदाह मेसिन खरिद भ्रष्टाचार मुद्दा अदालतमा, १४ जनाविरुद्ध सुनुवाइ

पशुपति शवदाह मेसिन खरिद भ्रष्टाचार मुद्दा अदालतमा, १४ जनाविरुद्ध सुनुवाइ

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको शवदाह मेसिन खरिदमा भएको भनिएको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइका लागि पुगेको छ।

तत्कालीन सदस्य सचिव डा. मिलनकुमार थापासहित १४ जनाविरुद्धको मुद्दा न्यायाधीश सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासमा पेसी तोकिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेसिन खरिदमा लागत अनुमान अस्वाभाविक रूपमा बढाइएको, प्रतिस्पर्धा नगरिएको र अग्रिम भुक्तानीसमेत दिइएको आरोप लगाएको छ।

प्रकरणमा करिब १ करोड ८२ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *