Friday, June 05, 2026
Home > मुख्य समाचार > आयोग प्रतिवेदनमा ओलीमाथि लापरवाहीको आरोप

आयोग प्रतिवेदनमा ओलीमाथि लापरवाहीको आरोप

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दायित्व पूरा नगर्दा मानवअधिकार उल्लंघन भएको उल्लेख गरिएको छ।

प्रतिवेदनअनुसार तत्कालीन सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ र सुरक्षा निकायका अधिकारीहरूले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन सुझाव दिए पनि ओलीले नमानेको बयान दिएका छन्।

आयोगले सामाजिक सञ्जाल प्रतिबन्धपछि आन्दोलन चर्किएको र सुरक्षा अवस्था बिग्रँदा पनि प्रभावकारी निर्णय नलिइएको निष्कर्ष निकालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *