काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र राष्ट्र निर्माणको ठूलो प्रेरणा भएको बताएका छन् ।
गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले गणतन्त्रको मर्यादा जोगाउन राजनीतिक निष्ठा, सुशासन र जनउत्तरदायित्व आवश्यक रहेको बताए ।
राष्ट्रपति पौडेलले भ्रष्टाचार, ढिलासुस्ती र बेथिति नै मुलुकका मुख्य चुनौती भएको उल्लेख गर्दै आर्थिक समृद्धि र सुशासनमार्फत नागरिकमा आशा जगाउनुपर्ने धारणा राखे ।


