Friday, June 05, 2026
Home > खेलकुद समाचार > नेयमार घाइते, ब्राजिललाई विश्वकपअघि ठूलो झट्का

नेयमार घाइते, ब्राजिललाई विश्वकपअघि ठूलो झट्का

काठमाडौं । ब्राजिलका स्टार फुटबलर नेयमार घाइते भएका छन् । ‘काल्फ इन्जुरी’का कारण उनी दुईदेखि तीन साता मैदान बाहिर रहने ब्राजिलियन फुटबल संघले जनाएको छ ।

यससँगै नेयमारले पानामा र इजिप्टसँगको मैत्रीपूर्ण खेलसँगै फिफा विश्वकप २०२६ को पहिलो खेल पनि गुमाउने भएका छन् ।

ब्राजिलले जुन १३ मा मोरक्कोसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ ।

ब्राजिलियन टोली :

गोलकिपर : एलिसन, एडर्सन, वेभर्टन

डिफेन्डर : एलेक्स सान्द्रो, ब्रेमर, डानिलो, डोग्लस सान्तोष, गाब्रियल मागाल्हस, इबानेज, लियो पेरेइरा, मार्किन्होस, विस्ली

मिडफिल्डर : ब्रुनो गुइमारेज, क्यासिमिरो, डानिलो सन्तोष, फिबिन्हो, लुकास पाक्वेटा

फरवार्ड : एन्ड्रिक, गाब्रियल मार्टिनेली, इगोर थियागो, लुइस हेनरिक, म्याथ्युज कुन्हा, नेयमार, राफिन्हा, रायन, भिनिसियस जुनियर

Leave a Reply

Your email address will not be published. Required fields are marked *